पुर्ब मन्त्री पौडेलद्वारा एमालेमै रहने घोषणा

१० आश्विन २०७८, आईतवार १२:०२ प्रकाशित

बाराका लोकप्रिय तथा प्रभावशाली नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेमै रहने निर्णय गर्नुभएको छ । माधव नेपाल र झलनाथ खनालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा राखिएका पौडेलले अहंकारको भरमा खडा गरेको बिचारबिहीन पार्टीबाट मुलुकमा परिवर्तन संभव नहुने र नेकपा एमाले नै सही बिचार बोकेको पार्टी भएको जनाई एमालेमै रहने निर्णय गर्नुभएको हो ।

आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ पौडेलले आफू नेकपा एकीकृत समाजवादीमा जान नसक्ने र एमालेमै रहने निर्णय सुनाउँदै लेख्नुभएको छ । उहाँले एमालेकोबिकल्प अरु हुन नसक्ने पनि प्रष्ट पार्नुभएको छ ।

‘यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले निर्णय गर्नुपर्दछ । मेरो विवेकले पार्टी र एकताको पक्षमा निर्णय गर्न प्रेरित गरिरहेको छ । मेरो यो निर्णय आफ्नो निर्णय हुन्छ, यो आफ्नै लागि हुन्छ । मेरो यो निर्णय कतिलाई उचित र जायज लाग्न सक्दछ । कतिपयलाई यो अनुचित र ननिको पनि लाग्न सक्दछ । जे–जस्तो लागे पनि यो मेरो निर्णय र विचार हो । तसर्थ आजसम्म मलाई सहयोग, समर्थन र श्रद्धा प्रकट गरी आउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ पूर्वमन्त्री पौडेलले भन्नुभएको छ ।
पौडेल २०४३ सालमा निजगढको जनपक्षीय प्रधानपन्च बनिसक्नुभएको छ । त्यसैगरी २०५१ सालमा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य र २०७० सालमा बारा क्षेत्र नम्बर ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ युबा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । त्यसैगरी २०७४ सालको आम निर्वाचनमा बाराको १ र ३ दुइवटा निर्वाचन क्षेत्रवाट पौडेलको नाम सिफारिस भएको थियो । पुर्ब मन्त्री पौडेल एमालेमै रहने भएपछी कार्यकर्तामा उत्साह जगाएको छ ।

यस्तो छ पौडेलले राख्नु भएको बिचार

राजनीति विचारको आधारमा गरिने गर्दछ । राजनीतिलाई विधिले निर्देशित गर्नुपर्छ । विचार र विधिको आधारमा चल्ने नेतृत्वले मात्र असल राजनीतिक संस्कार बसाउन सक्छ । अहिले राजनीतिमा देखिएको निर्णयमा मनपरि तन्त्र, सङ्गठनमा अराजकता र विचारमा केवल गाली–गलौजजस्ता कुरा सहज तथा स्वीकार योग्य छैनन । यसले राजनीतिमा खस्किरहेको वैचारिक स्तर र गाली–गलौज संस्कृतिलाई मात्र उजागर गरिरहेको छ । सारमा स्खलित हुँदै गएको विचारको राजनीतिलाई पुनःस्थापित गर्नु नै आजको प्रमुख चुनौती हो ।

कुनैपनि पार्टीमा लाग्ने, नलाग्ने र छुट्टिने हरेक व्यक्तिको निजी मामिला हो । हरेकले कतै लाग्न र छुट्टिन पाउँछ । कतै लाग्यो भनेर खिसीट्युरी गर्नु, गाली–गलौज गर्नु र आफूतिर लागेन भनेर तेजोवध गर्नु असल संस्कार हुँदै होईन । खास परिस्थितिमा मान्छेले आफ्नो ब्रह्मले देखेको निर्णय गर्दछ । त्यो उसको नैसर्गिक अधिकार हो । हरेक व्यक्तिलाई आफ्नै विवेकले निर्णय गर्न दिनुपर्दछ र उसको निर्णयलाई सबैले सम्मान गर्न सक्नुपर्दछ । यो नै असल लोकतान्त्रिक संस्कार र चरित्र पनि हो ।
आज नेकपा एमालेका सदस्यहरूको सामुन्ने आफ्नै पार्टीको बारेमा निर्णय गर्ने अवस्था आईपरेको छ । आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसङ्गत विचारसँग लड्दै अघि बढ्ने अथवा अलग भएर पार्टीलाई बिग्रनको लागि छोडिदिने ? यो प्रश्नले धेरैलाई सताईरहेको होला । निश्चित रूपमा हामीले पार्टीलाई सम्भव भएसम्म शुद्ध सुदृढ बनाउने अठोट सहित शपथ खाएर आएका हौं । यसमा पुनःविचार गर्ने÷नगर्ने हरेक व्यक्तिको स्व–विवेकको कुरा हो ।

विगतका धेरै दिनहरू हामीले पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदा–उठाउँदै बिताएर आएका छौं । मैले पनि ४३ वर्षदेखि यसै पार्टीमा सकृय राजनीतिक जीवन बिताईसकेकोले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकिकृत गर्ने पक्षमा निर्णय गरेको हुँ । अहिले आत्मगत् आग्रहभन्दा वस्तुगत परिस्थितिलाई हेर्नुपर्ने हुन्छ । वस्तुगत परिस्थितिले अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखाउँछ । विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ ।

यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले निर्णय गर्नुपर्दछ । मेरो विवेकले पार्टी र एकताको पक्षमा निर्णय गर्न प्रेरित गरिरहेको छ । मेरो यो निर्णय आफ्नो निर्णय हुन्छ, यो आफ्नै लागि हुन्छ । मेरो यो निर्णय कतिलाई उचित र जायज लाग्न सक्दछ । कतिपयलाई यो अनुचित र ननिको पनि लाग्न सक्दछ । जे–जस्तो लागे पनि यो मेरो निर्णय र विचार हो । तसर्थ आजसम्म मलाई सहयोग, समर्थन र श्रद्धा प्रकट गरी आउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई सारो–गारोमा सल्लाह, सुझाव र टिप्पणी गरेर सहयोग गर्नुहुने मित्रहरूलाई भित्री मनबाट शुभेच्छा प्रकट गर्न चहान्छु । आगामीदिनहरूमा समेत यथेष्ठ सल्लाह, सुझाव, आलोचना, र टिप्पणी सहित सहयोग गरिरहनु हुनका लागि सबै मित्रहरूमा विनम्र आग्रह गर्दछु ।

१० आश्विन २०७८, आईतवार १२:०२  मा प्रकाशित

Write your Comment