अनेरास्ववियुको सिमरामा क्याम्पस कमिटी गठन

१२ आश्विन २०७८, मंगलवार १२:१४ प्रकाशित

बारा १२ आश्विन :
नेकपा एमाले निकट अनेरास्ववियुको सिमरा कलेजमा अध्ययनरत बिध्यार्थिहरुको प्रारम्भीक कमिटी आज गठन भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सभहलमा सो भेलाको आयोजना गरिएको थियो । सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले विद्यार्थीहरुले नै समाजलाई परिवर्तन गर्ने भएको हुनाले सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले समाजमा भएका विकृति र विसंगति अन्त्य लागि युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यो मुलुकका कर्णधार विद्यार्थीहरुले नै देश निर्माण गर्ने स्पष्ट पर्नु भयो । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले अनेरास्ववियुका सदस्यहरुले गलत र सहिलाई छुट्याएर गलतका विरुद्धमा अगाडि बढ्नुपर्ने कुरा जोड दिनुभयो ।
                                                                           त्यसैगरी कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य त्रिलोक विक्रम शाहले विद्यार्थीले निशुल्क र सर्बशुलभ शिक्षाका लागि पूरा सम्पुर्ण विद्यार्थी एकजुट हुनुपर्ने कुरामा जोड दिनु भयो ।
आतिश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य मनिश प्याकुरेल,बारा जिल्ला सह सम्योजक कपिल खरेललगएतले बिध्यार्थी हक हित प्राप्तिका लागि गर्नु पर्ने कामका बारेमा जोड दिनुभएको थियो । कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु इश्वर बस्नेत,सुसान्त साह,निर्जल घिमिरे,बिज्ञान क्षेत्रि सरोज खनाललगाएतको उपस्थिति रहेको थियो ।
भेलाले समिर लुईटेलको अध्यक्षतामा ३१ सदस्सिय प्रारम्भिक कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नितेस घिमिरे सचिवमा सन्तोस दहाल,सहसचिवमा सुगम अर्याल, कोषाध्यक्ष रबिना गौतम रहेका छन् । सदस्यहरुमा गोपाल श्रेष्ठ सन्चिता खनाल लगायत रहेका छन् ।

१२ आश्विन २०७८, मंगलवार १२:१४  मा प्रकाशित

Write your Comment