काठमाडौको कपनबाट हराएका बालक भारतको बिहारमा सकुशल भेटिए

१३ आश्विन २०७८, बुधबार ०८:२१ प्रकाशित

राजधानीको कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएको जनाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् ।
अपरान्ह ४ बजे सोमबारका दिन बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो । परिवारले दिनभर खोज्दा नभेटिएपछि मंगलबार शर्माको बुबाले प्रहरीमा खबर गरेका थिए ।

दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । हालसम्म उनले बालकलाई किन र के का लागी भारत लगे भन्ने खुल्न सकेको छैन ।

१३ आश्विन २०७८, बुधबार ०८:२१  मा प्रकाशित

Write your Comment