थप १०३० जनामा कोरोना संक्रमण,१००१जना संक्रमण मुक्त,१० जनाको मृत्‍यु

१८ आश्विन २०७८, सोमबार १८:०४ प्रकाशित

काठमाडौं १८ आश्विन :
बितेको २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना संक्रमण मुक्त भएका छन् ।

सोमबार थपिएका सन्क्रमित सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

१८ आश्विन २०७८, सोमबार १८:०४  मा प्रकाशित

Write your Comment