३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ८ जना दोषी,प्रहरी अधिकृत सहित ४८ जनालाई सफाइ

२०७८ आश्विन १९, मंगलबार प्रकाशित

३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित उनका समूहका आठ जना दोषी ठहरिएका छन्।
मंगलबार जिल्ला अदालत मोरङले ८ जनालाई दोषी गरेता पनि ४८ जनालाई सफाइ दिएको छ।

मोरङ्ग अदालतले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।
मुद्दाका प्रतिवादीहरुमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई छ महिना कैद सजायको फैसला भएको स्रेस्तेदार राणाले बताए। मुद्दामा दोषी ठहर भएकाहरू गोरे समूहका सहयोगी र उनका सवारी चालकहरू हुन्।

अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाइ सफाइ दिएको छ ।

Write your Comment