एनआरएनए निर्वाचन : बद्री केसी समुहद्वारा उम्मेदवारी घोषणा

२० आश्विन २०७८, बुधबार ०८:४२ प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष बद्री केसीको समुहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।
एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ। केसीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताएउनु भयो ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलव अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (युके), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

२० आश्विन २०७८, बुधबार ०८:४२  मा प्रकाशित

Write your Comment