नेकपा एसले दुई मुख्यमन्त्री र स्वास्थ्य सहित चार मन्त्रालय पाउने

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौ २१ आश्विन :
नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चारवटा मात्र मन्त्रालय पाउने सहमति भएको छ । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिनुभएको हो।
यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएको छ । संघीय सरकारमा नेकपा एकिकृत समाजबादिले स्वास्थ्य तथा जनसंख्या,श्रम तथा रोजगार,संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय मन्त्रालय पाउने भएको छ ।

२०७८ आश्विन २१, बिहिबार  मा प्रकाशित

Write your Comment