रुपन्देहीको मोतिपुरमा भएको झडपमा चार जनाको मृत्यु

२४ आश्विन २०७८, आईतवार २२:०९ प्रकाशित

बुटवल २४ आश्विन :
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आज भएको झडपमा ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

अस्पताल श्रोतले ८ जना स्थानीय ल्याइएकोमा ४ जनाको मृत्यु भएको पुष्टी गरेको छ । घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको र अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको जनाएको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारकाे मात्र पहिचान खुलेकाे छ ।

आफुलाइ सुकुम्बासीको भन्दै केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि स्थानीय प्रशासनले बलप्रयोग गर्नुका साथै त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

२४ आश्विन २०७८, आईतवार २२:०९  मा प्रकाशित

Write your Comment