डडेल्धुरामा बस दुर्घटना १६ जना यात्रु घाइते

२०७८ आश्विन २६, मंगलबार प्रकाशित

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गमा पर्ने अमरगढी नगरपालिका-१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते हुनेमा दुई बालबालिका, छ महिला, र आठ पुरुष रहेका छन् । बसको ब्रेकले कामनगरे पछि आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो।

सो बसमा ५०/६० यात्रु रहेक र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाले बताउनु भयो ।

Write your Comment