निजगढ कोहल्बी सडक खण्डमा कार र मोटरसाइकल जुद्धा कोल्हबी निबासी २ जनाको मृत्यु

२८ आश्विन २०७८, बिहीबार १२:१० प्रकाशित

निजगढ कोहल्बी सडकखण्डमा बुधबार राती कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार राति करिब ९ः३० बजे कोहल्बी नगरपालिकामा भएको उक्त दुर्घटनामा परि कोहल्बी नगरपालिका २ बस्ने ३८ वर्षिय पेमा दोर्जे घिसिङ र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटनास्थलमै मृत्यु भएको हो ।                     

तामागढीबाट कोहल्बीतर्फ गईरहेको बा ११ च ४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यृ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले जानकारी दिनुभयो ।
दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन । कारका चालक कोहल्बी २ बस्ने ४५ वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन भने कारमा सवार १८ वर्षिय रोहित पन्डितको टाउकोमा चोट लागेको छ । त्यसैगरी कारमै सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ ।

उनिहरुको आहिले कोहल्बीमा रहेको जननायक क्लिनिकमा उपचार गरिएको छ भने मृतकहरुको शव पोष्टमार्टमको लागि कलैया अस्पताल लगिएको छ ।

अहिले पिडित परिवार पक्षले बाटो, बजार बन्द गराउदै ईलाका प्रहरी कार्यालय कोहल्बी घेराउ गर्ने प्रयास गरेका छन ।

२८ आश्विन २०७८, बिहीबार १२:१०  मा प्रकाशित

Write your Comment