निजगढ कोल्हबी सडक दुर्घटनाका पिडित र प्रसाशन बिचको बार्ता सहमती नजिक

२८ आश्विन २०७८, बिहीबार २०:२४ प्रकाशित

निजगढ कोल्हबी सडकखण्डमा भएको सडक दुर्घटनामा मृत्यु भएका परिवार र स्थानीय प्रसाशन र स्थानीयको बीचमा भएको छलफल सहमति नजिक पुगेको छ । पीडित पक्ष र स्थानीयबाट सरकारी नियम अनुसारको रकमका अलावा थप क्षतिपूर्ति माग भएको छ । पीडित पक्षले उठाएको माग र किरिया खर्च थप रकम लगायतका बिषयमा छलफल भएर सहमती नजिक पुगिएको नेकपा एमालेका नेता तथा समजसेबी ढुण्डिराज उप्रेतीले बताउनुभयो । भोलि थप प्रक्रिया पूरा गरेर लास परिवारलाइ बुझाइने प्रहरीले जनाएको छ ।
बुधबार तामागढीबाट कोहल्बीतर्फ गईरहेको बा ११ च ४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार कोहल्बी नगरपालिका २ बस्ने ३८ वर्षिय पेमा दोर्जे घिसिङ र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटनास्थलमै मृत्यु भएको थियो ।

२८ आश्विन २०७८, बिहीबार २०:२४  मा प्रकाशित

Write your Comment