देशभरमा २७२ सङ्क्रमित, ७७७ जना संक्रमण मुक्त

२९ आश्विन २०७८, शुक्रबार १९:०५ प्रकाशित

नेपालमा बितेको २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोहिअवधिमा ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ । यही अवधिमा थप ८ जनाले मृत्यु भएको छ। योसँगै नेपालमा मृत्युु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।

२९ आश्विन २०७८, शुक्रबार १९:०५  मा प्रकाशित

Write your Comment