बारा ३०आश्विन :
पथलैय वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
शुक्रबार राति ११ बजे तिर पथलैयाबाट वीरगन्ज जादै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
ठक्कर दिदा मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।कार चालक राजनलाई उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न सकेको छैन ।
ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरिले जनाएको छ ।