थप १४७ जनामा कोरोना संक्रमण,८४५ जना संक्रमणमुक्त,१ जनाको मृत्यु

३० आश्विन २०७८, शनिबार १८:१८ प्रकाशित

नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना संक्रमण मुक्त भएका छन् ।

शनिबार थपिएका संक्रमीत सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

३० आश्विन २०७८, शनिबार १८:१८  मा प्रकाशित

Write your Comment