नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिनुभयो । ‘महाधिवेशन प्रतिनिधिहरु कुन अनुपातमा छनोट गर्ने,कति हुने लगायतका विषयमा बैठकले निर्णय गर्ने र सो निर्णय भोलि केन्द्रिय कमिटीको बैठक बाट अनुमोदन हुने उपाध्यक्ष ज्ञवालीको भनाइ छ।
एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ ।