१६,७३६ परीक्षणमा ५३३ जनामा कोरोना संक्रमण

२३ कार्तिक २०७८, मंगलवार १६:२८ प्रकाशित

बितेको २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।

२३ कार्तिक २०७८, मंगलवार १६:२८  मा प्रकाशित

Write your Comment