नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि बाराको क्षेत्र नं. १ र २ बाट सर्वसम्मतरुपमा प्रतिनिधि छनौट भएको छ ।
कोल्हबी र बगडमपुरमा शनिवार बसेको भेलाले क्षेत्र नं. १ मा सात र क्षेत्र नं. २ मा चार गरि ११ जना प्रतिनिधि छनौट भएका हुन ।
एमाले केन्द्रीय सदस्य एवम् प्रदेश २ का सहइन्चार्ज अच्युत मैनालीका अनुसार क्षेत्र नं. १ बाट एक बहादुर श्रेष्ठ,त्रिलोकी चौधरी,गणेश लामा, अन्जु नेपाली, ज्ञानु केसि, केवल चौधरी, महेन्द्र जयसवाल प्रतिनिधि छनौट भएका हुन् ।
त्यसैगरी क्षेत्र नं. २ मा मखन पासवान,चन्द्र देव चौधरी,सुरेश यादव र बन्दना सिंह छनौट भएका छन् ।
प्रतिनिधि छ्नौटका लागि क्षेत्र नं. १ मा मैनाली र क्षेत्र नं. २ मा बलबिर चौधरीलाई केन्द्रीय प्रतिनिधि तोकिएको थियो भने निर्वाचन कमिटीको जिम्मेवारी भने क्षेत्र नं. १ मा हस्तबहादुर लामा, चन्द्रदेव कुशवाहा, त्रिजोगी चौधरी र क्षेत्र नं. २ मा बाबुलाल यादव, कृष्णप्रसाद चौधरी, बिष्णु दासलाई दिइएको थियो ।
त्यसैगरी बारा क्षेत्र नं. ३ र ४ को छ्नौट आइतबार र सोमबार हुने भएको छ । क्षेत्र नं. ३ का लागि एमाले केन्द्रीय सदस्य महमद समीर र क्षेत्र नं. ४ का लागि एमाले केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्ष ज्वाला साहलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।