प्रधानन्यायाधीश जबराद्वारा दुवै बारलाई वार्तामा आउन आह्वान

२९ कार्तिक २०७८, सोमबार १२:०९ प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध आन्दोलनरत दुवै बार एसाेसिएसनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।
सोमबार आफ्नो राजीनामा माग्दै अदालत परिसरमा वकिलहरूको धर्ना जारी रहेका बेला भित्र कार्यकक्षमा पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसिएसन दुवैलाई संवादका लागि आग्रह गर्नु भएको हो ।

आज काठमाडौं उपत्यकास्थित सबै अदालतमा रहेका बार एकाइका वकिल्हरुले संयुक्त धर्ना दिइरहेका छन्।

यहीबीच सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अदालतभित्रै पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीको विज्ञप्ति सार्वजनिक गर्नु भएको हो ।
विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले ‘विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु भन्नुभएको छ ।

२९ कार्तिक २०७८, सोमबार १२:०९  मा प्रकाशित

Write your Comment