एमालेको सफलता देखेर बिरोधिहरुले घेरा बन्दी गरे-स्थायी कमिटी सदस्य पोखरेल

३ मंसिर २०७८, शुक्रबार २०:०७ प्रकाशित

नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशन शुक्रबार आयोजना गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेले अधिवेशनको उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रमा बोल्दै नेता पोखरेलले एमाले नेतृत्वको सफलता र लोकप्रियता देखेर विरोधीहरुले घेराबन्दीमा पार्ने प्रयास गरेको तर एमालेले सबै खाले घेराबन्दीलाई तोडदै अघि बढेको बताउनुभयो । उहाले सरकारमा नहुदैमा पार्टी कमजोर नहुने बताउदै एमाले जनताको हृदयमा बसेकोले र आगामी निर्वाचनमा फेरि सबै भन्दा ठुलो शक्ति बनेर अघि आउने छ दाबी गर्नु भयो । कार्यक्रममा बोल्दै अर्का स्थायी कमिटी सदस्य बडालले निजगढको चौतर्फी विकासमा नेकपा एमालेको भुमिका अग्रण रहेको बताउनुभयो ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैन्कुटमा भएको उदघाटन सत्रमा केन्द्रिय कमिटी सदस्य सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेले, ज्वाला साह, मोहमद समिर र राष्ट्रिय सभा अध्यक्ष कोमल वली,जिल्ला अध्यक्ष देवनारायण चौधरी लगायतका नेताहरुले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमा राष्ट्रिय जनसांस्कृतिक मन्चका कालाकार टोलीले सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । अधिवेशनको बन्द सत्रले १ जना नगर अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवसहित ७५ जनाको नगर कमिटी चयन गर्ने छ । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने अध्यक्ष लामाले बताउनुभयो । अधिवेशनमा नेपाली काग्रेश र माओवादी पार्टी परित्या गरी दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नव प्रवेशीलाई स्थायी कमिटी सदस्य पोखरेलले अविर र खादा ओडाएर स्वागत गर्नुभएको थियो ।

 

३ मंसिर २०७८, शुक्रबार २०:०७  मा प्रकाशित

Write your Comment