थप २३८ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

५ मंसिर २०७८, आईतवार २१:३० प्रकाशित

बितेको २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९१२३ जनामा गरिएको नमुना परीक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३७० जना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ७१६४ जना सक्रिय संक्रमित रहेका छन् भने आज नै ४०,०१४ जनाले कोराना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

५ मंसिर २०७८, आईतवार २१:३०  मा प्रकाशित

Write your Comment