सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार

१५ मंसिर २०७८, बुधबार १६:३४ प्रकाशित

लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो ।
गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो । यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।
५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । आजको दिन होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक ऋणात्मक भएका छन् भने अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

१५ मंसिर २०७८, बुधबार १६:३४  मा प्रकाशित

Write your Comment