गलैंचा स्टोरमा आगलागी/डेढ करोडको क्षेति

१७ मंसिर २०७८, शुक्रबार १९:३९ प्रकाशित

काठमाडौंको खुसीबुमा आशिस गलैंचा स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ।
६ वटा दमकल र तीनवटै सुरक्षाकर्मीको सहयोगमा साँझ पूर्णरुपमा आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाका ३ वटा दमकल, भक्तपुर र ललितपुरबाट १÷१ तथा नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो। आगलागीमा करिव डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीमा स्टोरमा रहेका ब्ल्यांकेट, गलैंचा र डस्ना जलेका छन्। विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।

१७ मंसिर २०७८, शुक्रबार १९:३९  मा प्रकाशित

Write your Comment