संस्थापन पक्षका कृष्ण यादव प्रदेश २ को कांग्रेस सभापतिमा विजयी

९ पुष २०७८, शुक्रबार ०८:४३ प्रकाशित

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव ९९६ मत प्राप्त गरि १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत प्राप्त गरेकाछन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।
१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

९ पुष २०७८, शुक्रबार ०८:४३  मा प्रकाशित

Write your Comment