बारा ७ चैत्र :
नेकपा माओवादी परित्याग गरी बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ४० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीका युवा नेता राजु पुलामीको नेतृत्वमा ४० जना एमालेमा प्रवेश गरेका हुन् । त्यसैगरी प्रबेस गर्नेहरुमा उमेस राई,मनोज खड्का लाल बहादुर मोक्तान,जीवन पराजुलि लगायतका रहेका छन् । नव प्रबेसिहरुलाइ नेकपा एमाले प्रदेश कमिटीका सदस्य राधेश्याम सिवाकोटी,एमाले बाराका उपसचिव अमृत शर्मा बजगाइ, एमाले बाराका नेता मनोज पौडेल,जिल्ला सदस्य सिमा ठकुरी,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य त्रिलोक बिक्रम साह, वडा अध्यक्ष हरिदेव खरेल एमालेका स्थानीय नेता नारायणप्रसाद घिमिरे,युवा संघका सचिब गणेश कोइरालालगायतले स्वागत गर्नुभएको थियो ।

पुलामीको नेतृत्वमा युवाहरूको समुह एमालेमा प्रवेशले एमालेमा उत्साह आएको छ भने स्थानीय निर्वाचनमा माओवादीलाई जिताउन लागेका युवाहरु एमालेमा प्रवेश गरेपछि माओवादीमा निराशा छाएको छ । कार्यक्रम सुनिल मैनालिकोसभापतित्वमा सम्पन्न भएको थियो ।