सिमरा ०४ असार :
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आज जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षण पत्र पेश गरेको छ ।
संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा उपमहानगर पुगेको टोलीले नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
आर्थिक बर्ष ०८०/०८१ को उपमहानगरको आय व्यय वक्तव्यमा करका दर बैज्ञानिक हुन पर्ने, अनावश्यक कर खारेज हुन पर्ने, उपमहानगरपालिकाको व्यवसायीक सटरभाडा बुझाउने म्याद पौष सम्म दिन पर्ने लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाईएको संघका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
पत्र बुझ्दै नगरप्रमुख पौडैलले उद्योग बाणिज्य संघको ध्यानाकर्षण पत्रमा उल्लेख भएका कुराहरूलाई मध्यनजर गरी बजेट वक्तव्य आउने आश्वासन दिनुभयो ।
कार्यक्रममा नगरउद्योग बाणिज्य संघका कार्यसमिति सदस्य लगायत उद्योगीहरू रहेका थिए ।