करैयामाई गाउँपालिकाको १३ औ गाउँसभामा नीति तथा कार्यक्रम पेश

२०८० अषाढ ९, शनिबार प्रकाशित

करैयामाई गाउँपालिकाको १३ औ गाउँसभामा आगामी आर्थिक वर्षको २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय उदय शन्कर चौधरी,योजना अधिकृत बिरेन्द्र महत्तो, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव पेस गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्ध र ब्यबस्थित र सुदृढ बनाउनुका सुशासनको पाटोमा नयाँ योजनाका साथ अगाडि बढ्ने उल्लेख गरिएको छ । पालिकाको आगामी आर्थिक वर्षको बजेत आषाढ १० गते प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Write your Comment