नेपाल राष्ट्रीय भुतपुर्ब सैनिक सघले सिमरामा गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

२०८१ बैशाख १५, शनिबार प्रकाशित

नेपाल राष्ट्रीय भुतपुर्ब सैनिक सघ जितपुरसिमरा उपमहानगरपालिका २ नम्बर वडा इकाइ द्वारा सिमरामा आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । वडा नम्बर २ को छठिमाइ मन्दिर सभाहलमा आयोजित कार्यक्रममा जितपुरसिमराका उप प्रमुख भोला प्रसाद अधिकारी,एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेल,वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ,जनहित उपभोकता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,राष्टिय भुतपुर्ब सैनिक सघ बाराका अध्यक्ष बैकुण्ठ बहादुर सिलवाल,सिमरा खानेपानीका उपाध्यक्ष पुर्णचन्द्र तिमल्सिना, छठिमाइ पुजा ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कर्ण,सघका नगर अध्यक्ष रामबहादुर पाठक,बेलि पाठक,लक्ष्मण रानाभाट,किरण कार्की र ओम पाण्डेयलगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
वडा इकाइ अध्यक्ष डोरबहादुर देबकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।   

Write your Comment