बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिदै मुलुक छोडिन

२०८१ श्रावण २१, सोमबार प्रकाशित

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै मुलुक छोडेकी छन्। उनी सहित उनकी बहिनीले मुलुक छोडेर सुरक्षित स्थानमा गएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीहरूको प्रधानमन्त्री निवासमा भिड लागेको छ। सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। यो घटनामा ३०० बढी प्रदर्शनकारी र ५० जनाभन्दा बढी प्रहरीको मृत्यु भइसकेको छ।

Write your Comment