कलैया ६ पौष :
नेकपा एमाले निकट अनेरास्ववियु बाराको जिल्ला भेला आज कलैयामा सम्पन्न भएको छ। अनेरास्ववियु बारा जिल्ला कमिटीका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा इन्चार्ज ज्वालाकुमारी शाह, नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,अनेरास्ववियु केन्द्रीय कमिटी सचिव अन्जना शिवाकोटी, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे,उपसचिव जबाहिर अन्सारी,अनेरास्ववियु मधेस प्रदेश कमिटीका अध्यक्ष आरपी अधिकारी, उपाध्यक्ष भैयाराम सहनी,लक्ष्मी तिमल्सिनालगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
भेलाले सरोज खनाल संयोजक र शंकर यादव सहसंयोजक रहेको पौष महिना भित्र सम्मेलन गर्नेगरि १३ सदस्यीय आयोजक कमिटी गठन गरेको छ। कार्यक्रमको सहजीकरण हरि लामा र स्वागत शंकर यादवले गर्नुभएको थियो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)