काठमाडौं १२ पौष :
न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा तथा काज गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार उच्च अदालत पाटनमा दरबन्दी रहेर विशेष अदालत काठमाडौंमा काजमा रहेका खुशीप्रसाद थारुको उच्च अदालत अदालत जनकपुर अन्तर्गतको अस्थायी इजलास वीरगञ्जमा सरुवा भएको छ भने उच्च् अदालत जनकपुर अन्तरगतको राजविराज इजलसमा कार्यरत मातृकाप्रसाद भण्डारीको उच्च अदालत सुर्खेतमा सरुवा भएको छ ।
यस्तै उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत हरिप्रसाद भण्डारी उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ ।
बैठकले न्याय परिषद्ले राजश्व न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ । उनलाई कानुन सदस्य एवं अध्यक्षको रूपमा तोकेको हो ।
यसअघि उच्च अदालत पाटनकै न्यायाधीश रमेश ढकाल अध्यक्ष रहेका थिए । यस्तै विशेष अदालत काडमाडौंको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।