वीरगञ्ज ८ माघ :
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।
सोही स्थानमा रहेको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।
प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको तीव्र गतिको कारण साइकिल यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए र तुरुन्तै घटनास्थलमै ज्यान गुमाएको प्रत्यक्षदर्शीले जानकारी दिए ।
मृतकको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक निरोज चौलागाईले बस र चालकलाई नियन्त्रणमा लिएको बताए ।
उनले थप जानकारी अनुसन्धान पश्चात् खुल्ने पनि जानकारी दिए ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)