अनेमसंघको मधेश प्रदेश स्तरीय दुई दिने कार्यशाला गोष्ठी निजगढमा सुरु

२०८१ फागुन २०, मंगलबार प्रकाशित

बारा २० फागुन :
नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला सङ्घ मधेस प्रदेश कमिटीको बैठक तथा कार्यशाला गोष्ठी आज बाराको निजगढमासुरु भएको छ । दुइदिन सम्म चल्ने गोष्ठीको अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले गमलामा रहेको बिरुवामा पानी हालेर उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभाका सांसद अच्युत मैनाली,एमाले मधेस प्रदेशका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोज पौडेलले समसामयिक बिषय तथा पार्टी तथा संगठनले सञ्चालन गरेको तीन महिने वडा केन्द्रित अभियानका विषयमा मन्तव्य राख्नुभएको थियो। प्रदेश कमिटी अध्यक्ष अन्जु नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका सदस्य हरु लिला खनाल सुदर्शन कोइराला, अम्बिका चौलागाईं,विना शाह, बिना शर्मा साथै अखिल नेपाल महिला संघका मधेस प्रदेश भित्रका केन्द्रीय सदस्य जिल्ला अध्यक्ष र सचिवको सहभागिता रहेको छ। कार्यक्रम बुधबारसम्म चल्नेछ।

Write your Comment