कान्तिपुर इन्जिनियरिङ कलेजमा स्ववियु निर्वाचन माग राखेर अध्यक्ष उम्मेदवार घिमिरे अनशनमा

२०८१ चैत्र ५, मंगलबार प्रकाशित

काठमाडौको धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका छन् ।

अखिल क्रान्तिकारीले मौन अवधिमा उमेदवारीमाथि प्रश्न गरेर कलेज प्रशासनलाई विज्ञप्ति बुझाएको थियो । सोही विज्ञप्तिका कारण कलेज प्रशासनले चुनाव स्थगित गरेको ती विद्यार्थीको भनाइ छ ।

चुनाव स्थगित भएपछि चुनावको माग राखेर घिमिरे अनशनमा बसेका हुन् ।हामीले निर्वाचनमा जित्ने भएपछि विभिन्न बहानामा निर्वाचन स्थगित गरिएको अनेरास्वबियुको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सन्देश घिमिरेले बताए । नियम सँगत रूपमा अघि बढेको निर्वाचन स्थगित भएपछि हामि अनसनमा बसेका हौ । हाम्रो माग पूरा नभएसम्म अनसन जारी रहन्छ घिमिरेले भने ।

अखिल क्रान्तिकारीले अनेरास्ववियुले मनोनयनको दिन ढिला गरी मनोनयन गरेको आरोप लगाएको छ । तर यसमा सत्यता नरहेको अनेरास्ववियुले दाबी गरेको छ । निर्वाचन समितिले पनि अखिलक्रान्तिकारीको विज्ञप्तिका कारण प्रक्रिया रोकिएको जनाएको छ ।

‘मनोनयनको दिन तीन बजेभित्र नै मनोनयन भएको हो । चुनावी प्रक्रिया अगाडि बढेको थियो । दाबी विरोधको समय सकिएको थियो । मौन अवधि सुरु भएपछि अखिल क्रान्तिकारीले इलेक्ट्रोनिक भोटिङ र ढिला मनोनयन भएको विषय उठाएर विज्ञप्ति बुझाएको हो,’ निर्वाचन समितिका एक सदस्यको भनाइ छ ।उनका अनुसार अखिल क्रान्तिकारी मतपत्रमा सहमति गर्न पनि आएको छैन । ‘अखिल क्रान्तिकारीको सहमति नभएपछि मतपत्र छपाइ भएको छैन । नयाँ मिति तोकेर चुनाव गर्न सहमतिका लागि बोलाउँदा पनि क्रान्तिकारी आएको छैन,’ उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सबै विद्यार्थी सहमत भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’

Write your Comment