जीतपुरसिमरा ३ मा एमालेको घरदैलो, उम्मेदवार उत्साहित

२०७९ बैशाख २०, मंगलबार प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ मा नेकपा एमालेको घरदैलो सम्पन्न भएको छ । वडा नं ३ को रामबन टाडी , बजिनी , नरबस्ति, मुसहर्नी माई , रेल्वे लिगमा घरदैलो सम्पन्न भएको हो ।

एमालेले बैशाख १७ गतेदेखी आफ्नो योजना र घोषणापत्रसहित वडामा घरदैलो सुरु गरेको थियो । वडा नं ३ मा यसपटक एमालेले तारा बहादुर कार्की लाई अध्यक्ष, अनिता देवी खत्रीलाई महिला सदस्य, माया बिश्वकर्मालाई दलित महिला सदस्य, चीन बहादुर पाख्रिन र देव नारायण चौधरीलाई सदस्य पदको उम्मेदवार बनाएको छ ।

उम्मेदवारको मनोनयन दर्तापछि वडाभित्र टोल भेला सम्पन्न गरी घरदैलोको अभियानलाई अघि बढाइएको अध्यक्ष पदका उमेदवार तारा बाहादुर कार्कीले बताउनु भयो। पहिले वडा भित्र पार्टीका अन्तरिक समस्या केहि देखिएको भए पनि अहिले सबै समाधान भै नेकपा एमालेलाई बिजयी बनाउन लागी परेको उहाले जानकारी दिनु भयो। घरदैलोमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले उम्मेदवार र आफूहरु उत्साहित भएको एमाले जीतपुरसिमरा ३ का अध्यक्ष शुक्र बहादुर श्रेष्ठले बताउनु भयो।
नेकपा एमाले समृद्ध र समुन्नत वडा निर्माणका एजेन्डा लिएर आम मतदाताको घरमा पुग्दा मतदाता पनि उत्साहित देखिएका छन्।

२४८८ मतदाता रहेको उक्त वडाको नेतृत्वका लागि एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतािन्त्रक समाजवादी पार्टी, एकिकृत समाजबादी र राप्रपाका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

Write your Comment