नेकपा एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियान अन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित वृहत पदयात्रा तथा जनसंवाद गर्ने भएको छ ।
सिरहाको सर्रे अम्बासमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने भएको हो ।
यो अभियान आगामी मंसिरमा सञ्चालन हुने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । यसअघि २०७४ मा सन्चालित महेन्द्र राजमार्ग केन्द्रित मेची महाकाली अभियानजस्तै यसपटक मध्यपहाडी राजमार्गमा जनस्तरको कार्यक्रम गर्न लागिएको ज्ञवालीले बताउनु भयो ।
बैठकले पार्टीको हिरक महोत्सव तथा शहीद स्मारक ऐतिहासिक चौथो महाधिवेशनस्थल सर्रे अम्बासमै निर्माण गर्ने निर्णय गरेको ज्ञवालीले बताउनु भयो । स्मारकको बुधवारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

