यसै अधिवेशनबाट शिक्षा बिधयेक पारित गर्ने सरकारको घोषणा

१९ बैशाख २०८२, शुक्रबार १६:२६ प्रकाशित

सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा विधेयक पारित गर्ने घोषणा गरेका हुन्।

उनले सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउने पनि बताए।

उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यसै अधिवेशनबाट पारित गरिने छ, शिक्षालाई सर्व सुलभ, गुणस्तरीय र जीवनउपयोगी बनाइने छ, त्यसैअनुसार पाठ्यक्रम पनि बनाइने छ।’

१९ बैशाख २०८२, शुक्रबार १६:२६  मा प्रकाशित

Write your Comment