श्रीराम रेग्मी
क्यालगरी,क्यानडा
क्यालगरीमा रहेको नेपाली समुदायको संस्था नेप्लिज कम्युनिटि सोसाईटि अफ क्यालगरी (NCSC) को आगामी कार्यकालको अध्यक्ष पदका लागी सूर्य अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार फेसबुकमा आफुले एनसिएससिको आगामि कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

“एकतामा सँगै, प्रगतिमा सँगै” भन्ने मूल नारासहित उनले पारदर्शिता, समावेशिता र जवाफदेहितालाई आफ्नो प्रमुख प्रतिबद्धताका रूपमा अघि सारेका छन् ।
क्यालगरीमा नेपाली समुदायलाई जोड्न नेपाली रेडियो क्यालगरी संस्थापनामा उनले आफ्नो महत्वपूर्ण योगदान रहेको बताए । सन् २०१८ मा स्थापना भएको नेपाली रेडियो क्यालगरीले हालसम्म ४०० एपिसोड समेत पुरा गरेको छ । लामो समयदेखि संस्थामा मिडिया कोअर्डिनेटर रूपमा काम गरेका अधिकारी नेपाली पाठशालाका चेयरका रूपमा समेत कार्यरत छन् । नेपाली पाठशालामा करिब १८० बिद्यार्थी रहेका छन् । अधिकारी संस्थाको हाल उपाध्यक्ष समेत रहेका छन् ।
जुलाई २५ तारिखमा अनलाइन भोटिङ मार्फत निर्वाचन हुनेछ ।
संस्थामा साधरण सदस्य ९७६ र आजिवन सदस्य ६०० गरि कुल १५७६ सदस्यहरूले नया कार्यसमिति चयन गर्नेछन् ।
