बारामा सबारी दुर्घटनामा ३ जनाको मृत्यु

२०७६ फागुन ६, मंगलबार प्रकाशित

कलैया ६ फागुन

बाराको पचरौता नगरपालिका लंगडा चोक नजिक मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ना ३० प २७४६ नम्बरको मोटरसाइकलमा सवार पचरौता नगरपालिका-८ का २२ वर्षीय चालक विजय यादव र उनका आफन्त ५५ वर्षीय रामेश्वर यादवको मृत्यु भएको हो । यसैगरी लु २१ प ७९६३ नम्बरको मोटरसाइकलमा सवार चालक पचरौता नगरपालिका -९ का ३५ वर्षीय मञ्‍जय ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटना छुट्टाछुट्टै र अनियन्त्रित भएर भएको हो ।

Write your Comment