प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७६ चैत्र १४, शुक्रबार प्रकाशित

काठमाडौं १४ चैत्र :

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उहालाई बिहीबार राति नै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति ११ बजेको उहालाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको को छ।
प्रधानमन्त्री ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उहा फागुन १९ मा भर्ना भएर फागुन ३० गते अस्पतालबाट बालुवाटार फर्किनुभएको थियो।

Write your Comment