वीरगन्ज ११ भाद्र :
बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको सुवर्ण गाउँ पालिकाका हर्दिया निवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।
प्रवक्ताका चौरसियाका अनुसार उच्च रक्तचाप समेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको चौरसियाले बताए । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

