सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो ४.६ रेक्टर स्केलको भूकम्प

२०७८ आश्विन १६, शनिबार प्रकाशित

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० पराकम्प गइसकेको छ ।

Write your Comment