युरो २०२०: बेल्जियमलाई हराउँदै इटली सेमिफाइनलमा

१९ असार २०७८, शनिबार ०६:५२ प्रकाशित

विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।
निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।
पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए ।

जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

१९ असार २०७८, शनिबार ०६:५२  मा प्रकाशित

Write your Comment