नेप्से ७५ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

२७ असार २०७८, आईतवार २१:०५ प्रकाशित

सेयर कारोबार मापम नेप्से परिसूचक आइतबार ७४.७१ अंकले बढेर २ हजार ८ सय ९९.८२ विन्दुमा पुगेको छ । गत बिहीबारको तुलनामा यो २.६४ प्रतिशतको वृद्धि हो ।
गत साता एक दिन (बिहीबार) बाहेक सबै कारोबार दिनमा घटेको नेप्सेले आइतबार उच्च अंकले बढेको हो। गत साता आइतबारदेखि बुधबारसम्म नेप्से लगातार घटेको थियो। तर, बिहीबार भने करिब २४ अंकको वृद्धिसहित २ हजार ८ सय २४.९० विन्दुमा पुगेर बन्द भएको थियो।
आइतबार सेन्सेटिभ परिसूचक २.५५ प्रतिशत र फ्लोट परिसूचक २.९३ प्रतिशतले बढे। नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण ४० खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ।
आइतबार करिब ८२ हजार कारोबारबाट २ सय २५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता सेयर किनबेच भए। ती किनबेचमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो। गत बिहीबार सेयर बजारमा ४ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

२७ असार २०७८, आईतवार २१:०५  मा प्रकाशित

Write your Comment