नेप्सेमा उछाल, झण्डै १०० अंक बढ्यो नेप्से

३ श्रावण २०७८, आईतवार १६:०६ प्रकाशित

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सो दिन बजार खुल्दादेखि नै बढ्न थालेको नेप्से कारोबार अवधिभर निरन्तर उकालो लागिरह्यो । सोही कारण नेप्से ९७.२१ अंकले बढेर २ हजार ९ सय ८०.६१ विन्दुमा उक्लेको छ ।
गत बिहीबारको तुलनामा यो ३.३७ प्रतिशतको वृद्धि हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले बढेपछि समग्र नेप्सेमा छलाङ आएको छ । यसअघिका तीन कारोबार दिनदेखि नै नेप्से सुधारको बाटोमा थियो ।
आइतबार करिब १ लाख १६ हजार २ सय ९४ कारोबारबाट २ सय २१ कम्पनीका २ करोड ८८ लख ६३ हजार ९३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आइतबारको कारोबार रकम बढी हो ।

३ श्रावण २०७८, आईतवार १६:०६  मा प्रकाशित

Write your Comment