शेयर बजार नौ अङ्कले घट्यो, झन्डै आठ अर्ब रुपैयाँको कारोबार

५ श्रावण २०७८, मंगलवार १७:१८ प्रकाशित

काठमाण्डाै ५ श्रावण :
केही दिन लगातार बढिरहेको शेयर बजार काराेबार मापक नेप्से परिसूचक आज मङ्गलवार भने घटेको छ । नेप्से आज नौ अङ्कले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड समूहको शेयर भने बढेको छ । म्युचल फन्ड समूहको शेयरमा आज कारोबार सुरु भएदेखि नै लगानीकर्ताको आकर्षण रहेको थियो ।

आज दुई सय १९ कम्पनीका तीन करोड १६ लाख आठ हजार कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लक्ष्मी उन्नति फन्ड र लक्ष्मी इक्विटी फन्डकाे शेयर १० प्रतिशतले बढेको छ ।

५ श्रावण २०७८, मंगलवार १७:१८  मा प्रकाशित

Write your Comment