११ अर्बको कारोबार सगै,१०८ अंकले घट्यो नेप्से

२० भाद्र २०७८, आईतवार १६:२२ प्रकाशित

नेप्से परिसूचक आज १०८.२६ अंकले घट्दै २८१८.७३ विन्दुमा पुगेको छ । आज मत्रै २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेचमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रूपैयाँको कारोबार भएको छ ।
अधिकांस कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशतले घट्न पुगेको छ ।

शेयर बजार खुलेदेखि नै उच्च अंकले गिरावट आउँदै १४७.३१ अंकसम्म घटेर ४० मिनेट कारोबार रोकिएको थियो । सेयर कर्जामा राष्ट्र बैंकको सीमा निर्धारणको असर सेयर बजारमा परेको छ ।

२० भाद्र २०७८, आईतवार १६:२२  मा प्रकाशित

Write your Comment