कांग्रेस नेता नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा आयोजित समारोहमा खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनु भएको हो ।
सरकारले आज नै नेपाली कांग्रेसका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हाे।
सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उहालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गर्नुभएको हो।
सरकारले उहालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो।
मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबारै न्युयोर्क जाने कार्यक्रम छ।