५ अर्बमा कारोबार झरे संगै,आज पनि सेयरबजारमा गयो पहिरो

११ आश्विन २०७८, सोमबार १५:३४ प्रकाशित

सेयरबजारमा आज पनि पहिरो गएको छ।साताको दोस्रो कारोबार दिन आज सोमबार सूचक ७३.०५ अंकले र सेन्सिटिभ सूचक १२.९४ अंकले घटेको हो।
आज नेप्से २६८५.४१ विन्दुमा आइपुगेको छ।
आज कारोबारमा २२७ कम्पनी सामेल भएकामा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्र कारोबार भएको छ ।
यो कारोबार रकम अघिल्लो दिनको तुलनामा निकै कम हो।

आज सबै उपसूचकहरु ओरालो लागेका छन्। आज पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले मात्रै कमाएका छन्।
लगानीकर्ताहरुले आज ७.८३ प्रतिशतसम्म गुमाएका छन्। आज एउटा कम्पनीको अधिकतम कारोबार १५ करोडसम्म मात्रै छ ।

११ आश्विन २०७८, सोमबार १५:३४  मा प्रकाशित

Write your Comment