श्रीराम रेग्मी
श्रावण ३१, क्यालगरी क्यानडा
क्यानडाको क्यालगरी शहरमा ‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ हुने भएको छ । उत्तर अमेरिकि महादेशमा बस्ने नेपालीहरूको संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज(एएनए) को आयोजनामा अगष्ट २२ देखि २४ तारिख सम्म उक्त सम्लेन हुने भएको हो ।
संस्थाले मार्च ६ तारिखमा जारि गरेको प्रेस बिज्ञप्ति अनुसार यस बर्षको सम्मेलन क्यानडाको क्यालगरी शहर स्थित द ग्लानमोर ईन एण्ड कन्भेन्सन सेन्टरमा हुने जनाएको छ ।
तिन दिन सम्म संचालन हुने सम्मेलनका लागी संस्थाले यसपटकको सम्मेलनमा नेपालका प्रख्यात अर्थशास्त्री, नीतिनिर्माता तथा संघीय सांसद डा. स्वर्णिम वाग्लेलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा समेत गरेको संस्थाका उपाध्यक्ष तथा सम्मेलनका मानार्थ संरक्षक सन्तोषराज दाहालले जानकारी दिए । उनका अनुसार यो सम्मेलनले खासगरी उत्तर अमेरिकि देशमा बसोवास गर्ने नेपालीहरूको भाषा, संस्कृति,पहिचान,कलाको जगेर्ना गर्ने र नेपालको बिकासमा यहाको सिप र बिज्ञतालाई जोड्न महत्वपूर्ण हुने समेत बताए ।
सन् १९८३ मा स्थापना भएको एएनएले बिगतमा अमेरिकामा यस प्रकारको सम्मेलन गर्दै आएकोमा दोस्रो पटक क्यानडामा यस किसिमको भव्य अन्तर्राष्ट्रिय नेपाली सम्मेलन हुन लागेकोमा संस्थाका महासचिव एवम सम्मेलनका संयोजक कमल भट्टराईले खुशी व्यक्त गरे । उनले यो सम्मेलन क्यालगरी शहरमा हुन लागेकोले क्यालगरीमा रहेका गौरआवासिय नेपालीहरू अत्यन्त हर्षित भएको समेत वताए ।
सम्मेलनको तयारी जोडतोडले चलेको र भव्यताका साथ सम्मेलन सम्पन्न गराउन सबै पक्षको साथ सहयोग अपरिहार्य रहेको समेत उल्लेख गरे ।
सम्मेलनलाई सफल बनाउन क्यालगरी तथा क्यानडा र अमेरिकामा रहेका बिभिन्न संस्था, व्यक्तिहरूलाई निमन्त्रणा गर्ने कार्य द्रुत गतिमा भैरहेको संमेलनकि साहायक संयोजक एवम मिडिया तथा संचार संयोजक शर्मिला रानाभाटले जानकारी दिएकि छिन् ।
सम्मेलनमा सहभागी हुन अमेरिका तथा क्यानडामा बस्ने सम्पुर्ण नेपाली भाषीलाई संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले आग्रह समेत गरेका छन् ।