भारतिय कांग्रेस पार्टीकि नेतृ प्रियंका गान्धी गिरफ्तार

२०७८ आश्विन १८, सोमबार प्रकाशित

भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा मारिएका किसानका परिवार भेट्न जाँदै गर्दा कांग्रेसकि नेतृ प्रियंका गान्धी वाड्रालाई सीतापुरमा प्रहरीले गिरफ्तार गरेको छ।

कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले ‘प्रियंका गान्धीलाई गिरफ्तार गर्ने बेला पुरुष प्रहरी अधिकारीले उनलाई हातपात गरेको आरोप लगाएका छन्।
उत्तर प्रदेश राज्यका कांग्रेस प्रमुख अजयकुमार लल्लुले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई गिरफ़्तार गरिएको छ। कसैको दुःखमा सहभागी हुनु अपराध हो?’

यस्तै बसपा नेता सतिशचन्द्र मिश्रले लखिमपुर खिरी जान प्रशासनले रोक लगाएको बताएका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि त्यहाँ जान रोकिएको बताइएको छ।

लखिमपुरमा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले विभिन्न माग राखेर विरोध प्रदर्शन गरिरहेका किसानमाथि गाडी कुदाउदा सो घटनामा ८ जनाको मृत्यु भएको थियो।

Write your Comment